२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध निर्वाचित

२०७४, २९ माघ सोमबार ०९:३९

माघ २९, विराटनगर । प्रदेश नं १ को प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । 

यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहनुभएका प्रदीपकुमार भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो । 

ज्येष्ठ सदस्य एवं सभाका सञ्चालक ओमप्रकाश सरावगीले प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेलाई सभामुख पदका एकमात्र उम्मेदवार भण्डारीको प्रस्ताव पेश गर्न निर्देशन जारी गर्नुभयो । 

प्रदेशसभा सदस्य न्यौपानेले प्रदेशसभा सञ्चालनका लागि सभामुखको खाँचो रहेको भन्दै संविधानको मर्म, भावनालाई आत्मसात् गरी संयुक्त वाम गठबन्धनको तर्फबाट प्रदीपकुमार भण्डारीलाई संविधानको धारा १८ को १८२ को १ बमोजिम र प्रदेशसभा अन्तरिम कार्यविधि सञ्चालनको दफा ६(१) अनुसार प्रदेशसभाको सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्नुभयो । 

सभा सञ्चालक ज्येष्ठ सदस्यको निर्देशअनुसार प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले स्वतन्त्र र निष्पक्ष ढंगले प्रदेशसभा सञ्चालनका लागि सभामुखको आवश्यकता रहेकाले प्रदेश सदस्य न्यौपानेको प्रस्तावलाई समर्थन गर्न प्रस्ताव टेबुल गर्नुभयो । 

प्रदेशसभा सदस्यहरुले सर्वसम्मत ढंगले सो प्रस्तावलाई समर्थन गरेपछि ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । 

प्रदेशसभा आज दिउँसो १ बजेर १९ मिनेटमा शुरु भएर १ बजेर ३५ मिनेटसम्म सञ्चालन भएको थियो । प्रदेशसभाको दोस्रो बैठक आजै अपराह्न ४ बजे फेरि बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन