१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नम्बर १ मा आन्तरिक मामिला मन्त्रालयको काम शुरु

१ फाल्गुन २०७४, मंगलवार ०३:५९

फागुन १, पथरी, मोरङ (रासस) | प्रदेश नं १ का छ मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा देखिएको आन्तरिक तथा कानून मन्त्रालयले सोमबारदेखि विधिवत्रुपमा काम शुरु गरेको छ । 

मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीका अनुसार यो मन्त्रालयले केन्द्रको गृह मन्त्रालयसरह काम गर्नेछ । सूचना तथा सञ्चार, कानून र सामान्य प्रशासनको सम्पूर्ण कार्य यसै मन्त्रालयबाट हुनेछ । मन्त्रालयका सचिव खत्रीले प्रदेशका छ मन्त्रालयमध्ये अधिकारको हिसाबले शक्तिशाली रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेशको शान्ति सुरक्षा, कर्मचारीको सरुवा, बढुवा र कानून निर्माणको रुपमा मन्त्रालयले भूमिका खेल्ने छ । 

सूचना तथा सञ्चार मन्त्रालयबाट हुने सम्पूर्ण काम यही मन्त्रालयले गर्नेछ । सचिव खत्रीका अनुसार शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, द्वन्द्व व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा मामिला र प्रदेश कर्मचारी यही मन्त्रालयले खटनपटन गर्नेछ । 

यस मन्त्रालयमा तीनवटा महाशाखा रहनेछन् । प्रशासन योजना तथा विपद् व्यवस्थापन, सुरक्षा समन्वय र कानून तर्जुमा महाशाखा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय रहनेछन् । संघीय शासन व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले प्रदेश नं १ मा मन्त्रालयको स्थापना हुने क्रम जारी रहेको छ । 

प्रदेशका प्रमुख सचिव यादव कोइरालाले सीमित स्रोत साधनका बाबजुद मन्त्रालय स्थापना गर्नेक्रम जारी रहेको बताउनुभयो । मुख्यमन्त्री चयन भइसकेपछि सबै मन्त्रालयबाट काम सुचारु हुने जानकारी दिनुभयो । मन्त्रालय स्थापना हुने क्रमसँगै सचिव आउने क्रम जारी छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सन्तोष श्रेष्ठ, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयमा हरिबहादुर केसी र पूर्वाधार मन्त्रालयमा किशोरचन्द्र गौतम सचिवको रुपमा आइसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह