१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नेविसंघलाई चलायमान बनाउदै नया ढंगबाट लैजानुपर्नेमा जोड

६ फाल्गुन २०७४, आईतवार ०६:२२

फागुन ६, विराटनगर | नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नु परेकाले भातृसंघ संगठनका भावना बुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुरुराज घिमिरे तथा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई नया ढंगबाट अब लैजानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेविसंघका पुर्व केन्द्रीय सदस्य ललित श्रेष्ठ, नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले पार्टीको मनोबल उच्च बनाउने जिम्मेवारी अब नेविसंघको काँधमा आएको बताउनुभयो । 

दुईदिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे तथा प्रदीप पौडेलले प्रशिक्षण दिनुभएको थियो । 

नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ को आयोजनामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका नेविसंघका सभापति तथा प्रतिनिधिगरी चार सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रमका संयोजक होम पोखरेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह