१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध अनुभवको उचाईमा उभिएर नयाँ युगको रेखा कोर्नुपर्छ: मन्त्री पोखरेल

२६ चैत्र २०७४, सोमबार १०:५६

भीम लामा/चैत २६, काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै समृद्ध अनुभवको उचाईमा उभिएर नयाँ युगको मार्गदर्शन गर्नुपर्ने बताए । 


अब देश राजनीतिक अस्थिरताबाट उन्मुक्ति पाईसकेकोले राजनीतिक अधिकारको लडाई सकिएको भन्दै सामाजिक चेतना अभिवृद्धिमा लाग्न र राजनीतिक परिवर्तनका लडाईबाट प्राप्त अनुभावलाई तौलिएर समाज परिवर्तनमा राजनीतिक दलहरु लाग्नु पर्ने बताए । 


सामाजिक चेतनाविना विकास नहुने भन्दै पोखरेलले गैरसरकार संस्था तथा सरकारका पक्षबाट समेत इमान्दारिताका साथ चेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरे । 

नेपाल आखाँ अस्पताल त्रिपुरेश्वरको ४४ औं वार्षिकोत्सव समाराहेलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अस्पतालको अधिकतम सफलताको लागि शुभकामना व्यक्त गर्दै अस्पताललाई सरकारबाट आवश्यक सहयोगको लागि अनुकुल वातावरण रहेको र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रमुख अतिथि समेत रहेका मन्त्री पोखरेलले त्यस अस्पतालमा शल्यक्रिया गरिएका ४४ जना मोतिबिन्दुका विरामीहरुलाई मेडिकल निर्देशक डा. इन्दुप्रशाद ढुंगेलको सहयोगमा सांकेतीक रुपमा आँखाको पट्टि खोलेर चश्मा प्रदान गरेका थिए । 

कार्यक्रममा अस्पताल सञ्चालक समितिका पूर्व अध्यक्षद्वय यादब खरेल र जनार्दन आचार्य तथा सञ्चालक समितिका सदस्यहरु कृष्णप्रसाद भण्डारी र सोमना पोखरेललाई सम्मान गरिएको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह