२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी पार्टी एकतामा सहमति जुटेन, बैशाख ९ मा पार्टी एकता नहुने पक्का

२०७५, ४ बैशाख मंगलवार ०७:४१

बैशाख ४ काठमाडौं | आज बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा पनि कुरा मिल्न सकेन | बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते हुने भनिएको पार्टी एकता घोषणा नहुने पक्कपकी भएको छ | प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको एकता संयोजन समितिको बैठकमा पार्टी एकता गर्ने विषयमा कार्यदलबीच  सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनले विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको बताए ।

यस्तै बैठकले प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको छ।


‘दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । अब  दुई अध्यक्षको वान टु वान बैठकबाट ती विषयलाई टुंगो लगाइने भएको छ’, उनले भने । 

 एमाले महासचिव इश्वर पोखरेलले  एकताका विषयमा खासै विवाद नदेखिएको दाबी गर्दै पार्टीमा  कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम  नेतृत्व र सक्षम पार्टी बनाइने बताए । 

उनले चुनाव चिन्हको विषयमा खासै विवाद नभएकोले  विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए । 

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगाएतका नेताहरु सहभागि थिए। 

एमाले–माओवादीमा निर्वाचन चिन्ह, जनयुद्ध र  एकातामा सदस्य संख्या कति हुने भन्नेमा विवाद छ । यी विषयमा समितिमा सहमति नहुँदा एकतामा ढिलाई हुँदै आएको हो । 

नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ