२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशको मन्त्री परिषदद्वारा पाँच विधेयक स्वीकृत

४ बैशाख २०७५, मंगलवार १६:१५

बैशाख ४, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेश सभा, स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सेवा सुविधा तोक्न विधेयकलाई सैद्धान्तिक स्वीकृती दिएको छ । मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्री परिषद्ले उक्त विधेयकलाई सैद्धान्तिक स्वीकृती दिएको हो । विधेयक संसदले पारित गरेपछि प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले सेवा सुविधा लिन बाटो खुल्ने छ । 

‘कर्णाली सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको प्रदेश सभा, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्वन्धि व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमाका लागि बैठकले केही सुझावहरुसहित कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती दिएको छ’ मन्त्री परिषद् बैठककका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता विमला केसीले ‘केही महिनामै प्रदेश सभा, स्थानीय तहका पदाधिकारी र सदस्यहरुले कति सेवा सुविधा दिने भन्ने सुझावसहितको विधेयक प्रदेश सभामा मन्त्रालयले पेश गर्नेछ ।’

मंगलबारको मन्त्री परिषद्ले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्वन्धि विधेयक २०७५ तर्जुमा गर्न र कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्वन्धी विधेयक २०७५ तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र कर्णाली निर्णय गरेको प्रवक्ता केसीले जनाईन् । मन्त्री परिषद् बैठकले संचित कोष संचालन नियमावली २०७५ पारित गर्ने र कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५ को मस्यौदा स्वीकृत गरेको छ ।


बिजनेस अभावमा एक पहिना पछि चैत्र १६ गते बसेको कर्णाली प्रदेश सभामा अझै बिजनेस अभाव छ । कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक र संसद नियमावली पारित गरेको संसदमा सामाजिक बिकास मन्त्रालयले तयार गरेको सामाजिक संघसंस्था परिचालन तथा व्यवस्थापन विधेयक मात्र दर्ता छ । अर्को सूचना नभएसम्मका लागि स्थगित प्रदेश सभा बैठक बस्ने टुङ्गो छैन । सरकारले निती तथा कार्यक्रम ल्याउने भए पछि छिट्टै बैठक बस्ने तयारी भइरहेको संसद सचिवालयका सचिव राजेश पौडेलले बताए ।

सरकारले नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेकोले अब छिट्टै संसद बस्ने पौडेलले बताए । संसदको बैठक बोलाउन बुधबार (आज) कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको र उक्त बैठकले संसद् बैठको मिति र कार्य सूची बनाउने उनले जानकारी दिए । ‘अहिले संसद्मा बिजेनेस पनि छैन, सरकारले निती तथा कार्यक्रम पेश गर्ने तयारी गरेको बुझिएको छ’ उनले भने, ‘बुधबार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले संसद बस्नेबारे निर्णय गर्न सक्छ ।’

यता कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले भने चालु आर्थिक बर्षको बाँकी अवधीका लागि बजेट तयार गरेको जनाएको छ । संघीय सरकारको अनुदान १ अर्ब २ करोड रुपैयाँको बजेट बनाएको छ । मन्त्रालयका सचिव ढुण्डिप्रसाद निरौलाका अनुसार प्रदशेका सबै मन्त्रालयबाट आएको कार्यक्रम र बजेट प्रस्ताव प्राप्त भएको र सोही अनुसार बजेट बनाउने तयारी भइरहेको छ ।

बजेटलाई अन्तिम रुप दिन आर्थिक मन्त्रालय सरकारको निती तथा कार्यक्रम प्रतीक्षामा रहेको उनले बताए । ‘सरकारले ल्याउने निति तथा कार्यक्रमहरु बजेटमा समेट्नु पर्ने भएकाले हामी आन्तरिक तयारी सकेर निती तथा कार्यक्रमको प्रतीक्षामा छौ’ सचिव निरौलाले भने, ‘अब बढीमा एक हप्ता भन्दा बढी समय लाग्दैन, हामी तीब्र तयारीमा छौ ।’ सरकारले चैत्र मसान्तमा बजेट ल्याउने तयारी गरेपनि प्रदेश सरकारले मनाउन लागेको कर्णाली रारा पर्यटन बर्ष उद्घाटन कार्यक्रमका कारण बजेट ल्याउन ढिलाई भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य