२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ मा कसको तलब कति ? तीन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै

२०७५, ५ बैशाख बुधबार १६:३८

वैशाख ५ , बुटवल |  प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन वटा विधेयक प्रदेशसभा बैठकमा पेश गर्न स्वीकृत गरेको छ । 

बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको उद्योग तथा पर्यटन मन्त्री लीला गिरीले जानकारी दिनुभयो । 

उक्त विधेयक यही वैशाख १२ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ । 

त्यस्तै बैठकले मुख्यमन्त्रीको रु ६० हजार ९७०, मन्त्रीको रु ५२ हजार, राज्यमन्त्रीको रु ४९ हजार र सहायक मन्त्रीको रु ४७ हजार पारिश्रमिक विधेयकमा प्रस्ताव गरेको बैठकपछि मन्त्री गिरीले जानकारी दिनुभयो । 

त्यस्तै प्रदेशसभाका सदस्यसहित सभामुख, उपसभामुखको पनि पारिश्रमिक सिफारिश गरिएको छ । सभामुखको रु ५३ हजार र उपसभामुखको रु ५० हजार पारिश्रमिक हुने विधेयकमा प्रस्ताव गरिएको छ । 

त्यस्तै प्रदेश सचेतकका लागि रु ४८ हजार र प्रदेशसभा सदस्यको रु ४५ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ । 

बैठकले प्रदेशसभा सचिवालय गठनसम्बन्धी विधेयकसमेत मन्त्रिपरिषद्बाट स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । सचिवालयमा सभामुख, उपसभामुख, सभाको सचिव सदस्य र प्रदेशसभाको सचिवले तोकेको सभाको वरिष्ठतम् अधिकारीलाई सदस्यसचिव तोक्नसक्ने व्यवस्था विधेयकमा गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ