२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामपाको प्रशासकीय प्रमुखमा सचिव कोइराला

२०७५, ७ बैशाख शुक्रबार ०५:४७

वैशाख ७ काठमाडौँ | काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नेपाल सरकारका सचिव यादवप्रसाद कोइरालाले पदबहाली गर्नुभएको छ । 

यसअघि सरकारले सहसचिव स्तरका कर्मचारीलाई कामपाको यस पदमा पठाउने गरेको थियो ।

१६ वर्ष सरकारी सेवामा काम गरिसक्नुभएका कोइरालाले गृह प्रशासन, सामान्य प्रशासनसँगै इलाम जिल्लाको तत्कालीन स्थानीय विकास अधिकारी भएर स्थानीय सेवाको अनुभव हासिल गर्नुभएको छ । 

पदबहाली पछि बोल्दै सचिव कोइरालाले कार्यालय समयमा इमान्दारिताका साथ काम गर्न, नागरिकलाई दुःख नदिन र महानगर म आफैँ बनाउँछु भनेर प्रतिबद्धता जनाउन अधिकारीलाई आग्रह गर्नुभयो । 

विविधतापूर्ण महानगरमा एकीकृत र योजनाबद्ध सेवा दिन र जनप्रतिनिधिले बनाएका नीति कार्यान्वयन गर्न सदैव तत्पर रहनुपर्नेमा पनि उहाँको जोड रहेको थियो । नेपाल सरकार मन्त्रीपरिषद्को चैत २० गते निर्णयअनुसार कोइरालाले गत सोमबार महानगरमा पदबहाली गर्नुभएको हो । 

कामपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको सरुवा भएसँगै कोइराला आउनुभएको हो । गत भदौमा कामपा आउनुभएका शर्मा अर्थ मन्त्रालयअन्तर्गत ठूला करदाता कार्यालयको नेतृत्व समाल्दै हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ