२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाईखाने उद्योग बनाए’ – केसी

२०७५, ८ बैशाख शनिबार १२:५९

वैशाख ८, बुटवल | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागिखाने भांडो बनाईएको बताएका छन् । 

सत्तामा बसिरहन मन पराउने कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाई खाने उद्योग बनाएको दावी गरेका छन् । 

शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै राजनीति गर्ने मान्छेहरु जोगी हुन पनि तयार हुनुपर्ने बताए । 

उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरेसम्म देश सुध्रन नसक्ने उल्लेख गर्दै व्याक्तिहरु मोटाउंदै जाने र देश टाट पल्टिने बताए । कांग्रेस, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउंदै गएको बताए । 

राजनीति गर्ने मान्छेहरु नसुध्रियसम्म देशमा भ्रष्टाचार, कालोवजारी, अराजकताको अन्त्य हुन नसक्ने र  सुशासन पनि कायम हुन नसक्ने बताए । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले नेपाली जनताले संघीय प्रणालीको खर्च पुर्याउन नसक्ने बताए । संघीय प्रणालीको आफुहरु बिरोधी नभएको उल्लेख गर्दै अध्यक्ष केसीले देशको आर्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको बिरोध गरिएको बताए । 

पहिला संघीयता चाहानेहरु अहिले पछि हट्न थालेको बताए । तराईलाई पहाडबाट अलग गराई नेपालमा अस्थिर कायम गर्नका लागि भारतले नेपालमा संघीयता ल्याउन खोजेको र जातीयता र क्षेत्रीयता भित्राएर नेपाललाई रुवाण्डा बनाउने गरी पश्चिमाहरुले नेपालमा संघीयता ल्याउन चाहेको बताए । 

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारण्टी राज्यले गर्नुपर्ने बताउंदै राज्यले जनताप्रतिको आफ्नो दायित्व पुरा गर्न नसकेको बताए । उनले मन्त्री, सांसद र कर्मचारीहरुनै सहकारी, बैंक, शिक्षण संस्था, एनजीओ, आईएनजीओको ठेक्का पट्टामा लागेकाले सबै क्षेत्र डुब्दै गएको बताए । 

एनजीओ, आईएनजीओले नेपालमा समान्तर सरकार चलाएको बताउंदै उनले भने एनजीओ र आईएनजीहरु जातीय र क्षेत्रीय भारी बोकर आएका छन् । 

उनले शिक्षा, स्वास्थ्यलाई नीजिकरण गरेर समाजबादको सपना देख्ने एमाले, माओवादी र कांग्रेसबाट ठूलो आशा गर्न नहुने बताए । 

सोही कार्यक्रममा बोल्ने अखिल नेपाल शिक्षक संघका नेताहरुले पेशागत सुरक्षाको माग गरेका छन् । 

संघका केन्द्रिय अध्यक्ष सानोभाई कार्कीले अहिलेको शिक्षाले २१ सौं सताब्दीको चुनौतीहरुको सामना गर्न नसक्ने बताए । 


कार्यक्रममा शिक्षा विभाग प्रमुख बोमबहादुर खत्री, संघका पूर्व अध्यक्ष नरेन्द्र थापा, अखिल नेपाल शिक्षक संगठनकान अध्यक्ष घनश्याम पाठक, नेपाल राष्ट्रिय शिक्ष संगठनका उपाध्यक्ष विष्णुप्रसा भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका धादिन्द्र क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, जनजाती सम्मेलनका हनुमान चौधरी, अखिल नेपाल युवक संघका कोषाध्यक्ष बाबुराम आचार्य, उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज पौडेल, वामवन्थी बुद्विजीवी दुर्गानाथ खरेल लगायतले बोल्दै शिक्षामा आमुल परिवर्तन हुन आवश्यक रहेको बताए । 

संघका अध्यक्ष सानुभाई कार्कीको अध्यक्षता र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न जिल्लाका शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा