१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाईखाने उद्योग बनाए’ – केसी

८ बैशाख २०७५, शनिबार १२:५९

वैशाख ८, बुटवल | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागिखाने भांडो बनाईएको बताएका छन् । 

सत्तामा बसिरहन मन पराउने कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाई खाने उद्योग बनाएको दावी गरेका छन् । 

शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै राजनीति गर्ने मान्छेहरु जोगी हुन पनि तयार हुनुपर्ने बताए । 

उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरेसम्म देश सुध्रन नसक्ने उल्लेख गर्दै व्याक्तिहरु मोटाउंदै जाने र देश टाट पल्टिने बताए । कांग्रेस, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउंदै गएको बताए । 

राजनीति गर्ने मान्छेहरु नसुध्रियसम्म देशमा भ्रष्टाचार, कालोवजारी, अराजकताको अन्त्य हुन नसक्ने र  सुशासन पनि कायम हुन नसक्ने बताए । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले नेपाली जनताले संघीय प्रणालीको खर्च पुर्याउन नसक्ने बताए । संघीय प्रणालीको आफुहरु बिरोधी नभएको उल्लेख गर्दै अध्यक्ष केसीले देशको आर्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको बिरोध गरिएको बताए । 

पहिला संघीयता चाहानेहरु अहिले पछि हट्न थालेको बताए । तराईलाई पहाडबाट अलग गराई नेपालमा अस्थिर कायम गर्नका लागि भारतले नेपालमा संघीयता ल्याउन खोजेको र जातीयता र क्षेत्रीयता भित्राएर नेपाललाई रुवाण्डा बनाउने गरी पश्चिमाहरुले नेपालमा संघीयता ल्याउन चाहेको बताए । 

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारण्टी राज्यले गर्नुपर्ने बताउंदै राज्यले जनताप्रतिको आफ्नो दायित्व पुरा गर्न नसकेको बताए । उनले मन्त्री, सांसद र कर्मचारीहरुनै सहकारी, बैंक, शिक्षण संस्था, एनजीओ, आईएनजीओको ठेक्का पट्टामा लागेकाले सबै क्षेत्र डुब्दै गएको बताए । 

एनजीओ, आईएनजीओले नेपालमा समान्तर सरकार चलाएको बताउंदै उनले भने एनजीओ र आईएनजीहरु जातीय र क्षेत्रीय भारी बोकर आएका छन् । 

उनले शिक्षा, स्वास्थ्यलाई नीजिकरण गरेर समाजबादको सपना देख्ने एमाले, माओवादी र कांग्रेसबाट ठूलो आशा गर्न नहुने बताए । 

सोही कार्यक्रममा बोल्ने अखिल नेपाल शिक्षक संघका नेताहरुले पेशागत सुरक्षाको माग गरेका छन् । 

संघका केन्द्रिय अध्यक्ष सानोभाई कार्कीले अहिलेको शिक्षाले २१ सौं सताब्दीको चुनौतीहरुको सामना गर्न नसक्ने बताए । 


कार्यक्रममा शिक्षा विभाग प्रमुख बोमबहादुर खत्री, संघका पूर्व अध्यक्ष नरेन्द्र थापा, अखिल नेपाल शिक्षक संगठनकान अध्यक्ष घनश्याम पाठक, नेपाल राष्ट्रिय शिक्ष संगठनका उपाध्यक्ष विष्णुप्रसा भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका धादिन्द्र क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, जनजाती सम्मेलनका हनुमान चौधरी, अखिल नेपाल युवक संघका कोषाध्यक्ष बाबुराम आचार्य, उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज पौडेल, वामवन्थी बुद्विजीवी दुर्गानाथ खरेल लगायतले बोल्दै शिक्षामा आमुल परिवर्तन हुन आवश्यक रहेको बताए । 

संघका अध्यक्ष सानुभाई कार्कीको अध्यक्षता र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न जिल्लाका शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै