२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश १ लाई ‘किरात प्रदेश’ नामाकरण राख्न मुख्यमन्त्री राई समक्ष ज्ञापनपत्र

२०७५, १० बैशाख सोमबार १६:०४

चिसाङ शेर्पा | बैशाख १०, खोटाङ | प्रदेश नं. १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेको छ । प्रदेश नं. १ किरात भूगोल, ईतिहास र साँस्कृतिक पहिचान रहेकाले उक्त नामाकरण गर्नका लागि मुख्यमन्त्री राईलाई दिक्तेलस्थित समिक्षालय हलमा ज्ञापनपत्र बुझाएर अनुरोध गरिएको हो ।

शसस्त्र द्धन्द २०६२÷०६३ सालको जनआन्दोलनले लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी केही अधिकारहरु प्राप्त भएको स्मरण गर्दै हालसम्म पनि आदिवासी जनजाती मैत्री कानुन, नीति तथा कार्यान्वयन हुन नसकेकाले पटक–पटक आदिवासीका हक अधिकारका निम्ति आन्दोलित भईरहेको प्रष्ट पार्दै सोमबार मुख्यमन्त्री राईलाई ज्ञापनपत्र मार्फत अनुरोध गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरण कार्यक्रमका लागि दिक्तेल आउनु भएका मुख्यमन्त्री राईलाई प्रदेश तथा स्थानिय तहमा आदिवासी जनजातिमैत्री कानुन, नीति, योजना तथा कार्यक्रम निर्माण गरिनुपर्ने, किरात भूगोलभित्र विविधतायुक्त जातिय समुदाय, ईतिहास, सँस्कृति, प्राकृतिक अध्ययन अनुसन्धानका लागि किरात विश्व विद्धालय स्थापना, धनकुटा र भोजपुर १ नं. प्रदेशकोबीच भूगोलमा भएकाले उपर्युक्त स्थानमा प्रदेशको केन्द्र राखिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

यस्तै, किरात साँस्कृतिक उद्गमस्थल तुवाचुङ जायजुम, मझुवागढी, बराहपोखरी, जन्तेढुंगा, छोङखा, साकेलाथान, मैयुडाडाँ संरक्षण सम्बर्धन गरी साँस्कृति पर्यटनको विकास गरिनुपर्ने ज्ञापनपत्रमा माग गरिएको अध्यक्ष राईले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर