२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकताबाट कोही भाग्न सक्दैन: रक्षामन्त्री पोखरेल

२०७५, ११ बैशाख मंगलवार ११:१६

वैशाख ११ काठमाडौँ | रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताउनुभएको छ । 

नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गर्नुभयो । मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उहाँले बताउनुभयो । 

“हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ । यही आधारमा एकतामा जानुपर्छ । एकताबाट भागेर कहाँ जाने ?” उहाँले भन्नुभयो, “बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ ।” 

विभिन्न पर्व बिदाबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो – सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्नेछ । जाति र धर्म विशेषलाई दबाउने काम हुने छैन । सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षाजस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । 

मुस्लिम समुदायलाई संगठित गर्ने र अधिकार दिलाउने काममा एमाले जति अरु दलले अगुवाइ नगरेको जिकिर पनि उहाँले गर्नुभयो । 

संगठनले आफ्नो समुदायको बिदा कटौती नगर्न र मुस्लिम समुदायको अधिकार स्थापित गर्न आवाज उठाउँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन