२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेश सभाका तीन महिना, पहिलो प्रदेश सभा अधिवेशनलके गर्यो ?

२०७५, २० बैशाख बिहीबार १७:२१

वैशाख २०, सुर्खेत | कर्णाली प्रदेश सभाको पहिलो बैठक बसेको शुक्रबार (आज) तीन महिना पूरा भएको छ । २०७४ माघ २१ गते तत्कालिन प्रदेश नम्बर ६का जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा कर्णाली प्रदेशको पहिलो बैठकसंगै सांसदहरुले सपथ ग्रहण गरेका थिए । माघ २६ गतेको दोस्रो बैठकले राजकुमार शाहीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेपछि फागुन ५ गतेको प्रदेश सभा बैठकले उपसभामुख  पुष्पा घर्ती (बिष्ट) लाई उपसभामुख चयन गरे पछिको सोही बैठकले प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरेको थियो । कर्णाली प्रदेशको पहिलो संसद अधिवेशन २६ घण्टा ४३ मिनेट चलेको छ ।

कर्णाली प्रदेशले चर्चा पाएको र सबै भन्दा पहिले काम सम्पन्न गरेको प्रदेशको नामाकरण र प्रदेशको राजधानी प्रदेश सभाको चौथो बैठकले २०७४ फागुन १२ गते सम्पन्न गरेको थियो । दुई तिहाइ बहुमतले सबै भन्दा पहिलो निर्णय गरेको कर्णाली प्रदेश नामाकरण र राजधानी सुर्खेत तोकिएसंगै प्रदेश सभाको पाँचौ बैठकमा फागुन १५ गते कर्णालीका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

एक महिना बिजनेस अभाव भएको भन्दै बस्न नसेकोको प्रदेश सभा छैठौ बैठक २०७४ चैत्र १६ गते बसेको हो । उक्त बैठकले ११ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गर्यो भने सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारको आर्थिक कार्यविधी विधेयक संसदमा पेस गरे ।

२०७४ चैत्र २० गते कर्णाली प्रदेशको सातौ र आठौ गरी दुई वटा बैठक बस्यो । ती बैठकले प्रदेश सभा नियमावली २०७४ को मस्यौदा पारित गरे भने चैत्र २१ गतेको नवौं बैठकले प्रदेश सभाको आर्थिक कार्यविधी द्रुतमार्गबाट पारित गर्यो । त्यसैगरी चैत्र २६ गतेको दशौ बैठकले प्रदेश सभाका बिषयगत समिति गठन गर्ने प्रस्ताव अनुमोदन गर्यो ।


२०७५ बैशाख १० गते कर्णाली प्रदेशको एघारौ बैठकमा कर्णाली प्रदेश प्रमूख दुर्गाकेशर खनालले सरकारका चालु आर्थिक बर्षका निती तथा कार्यक्रम प्रस्तुत गरे । सोही बैठकमा सरकारका निती तथा कार्यक्रम पारित गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छलफलका लागि टेबुल गरे भने निती तथा कार्यक्रमका लागि प्रदेश सभाले प्रदेश प्रमूखलाई धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्यो । बैशाख ११  र १२ गतेको प्रदेश सभा बैठकमा सरकारका निती तथा कार्यक्रममाथि छलफल गरी १२ गतेको १५ औ बैठकले सरकारका निती तथा कार्यक्रम पारित गर्यो ।

प्रदेश सभाको बैशाख १३ गतेको सोहै बैठकमा कर्णाली सरकारका आर्थिक मामिला ताथ योजना मन्त्री प्रकाश ज्वालाले चालु आर्थिक बर्षको बाँकी अवधीका लागि १ अर्व २ करोड रुपैयाको बजेट संसदमा प्रस्तुत गरे । बैशाख १४ र १५ गतेको बैठकले उक्त बजेटमाथि छलफल गरी बैशाख १६ गतेको बिसौ बैठकले सरकारको बजेट सम्बन्धीको विनियोजन विधेयक पारित गर्यो । सोही बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशको आकस्मिक कोष सम्बन्धमा बनेको विधेयक टेवुल गरे भने संसदको बैशाख १८ गते बसेको २२ औं बैठकले उक्त विधेयक पारित गरी संसदको पहिलो अधिवेशन बैशाख १८ गते अन्त्य गरियो ।

अर्को अधिवेशन जेठ दोस्रो सातामा

कर्णाली प्रदेश सभामा चार वटा विधेयक दर्ता भएर पहिलो अधिवेशन अन्त्य भएको संसद बैठक जेठ दोस्रो साता बस्ने भएको छ । चार विधेयक दर्ता अवस्थामा रहेकाले आगामी जेठ दोस्रो सातादेखी अधिवेशन आव्ह्रान गर्ने तयारी गरिएको छ ।  संसद सचिवायलयले विहीबार गरेको पत्रकार सम्मेलनमा पहिलो अधिवेशनमा संसद् बैठक ८७ दिन बसेको कर्णाली प्रदेश सभा सचिवायलका सचिव राजेश पौडेलले जानकारी दिए ।

उनका अनुसार यो अवधिमा २२ वटा बैठक सञ्चालन भएका छन् । प्रदेशको नामाकरण र राजधानीदेखी चौमासिक बजेट संसदले पारित गरिसकेको छ । संसदको २२ औं बैठकमा आकस्मिक कोष सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरिएको थियो । संसदमा अझै संघ संस्था नियमन, प्रदेश न्यायाधिवक्ता, प्रदेश सभा र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्वन्धी बनेको विधेयक दर्ता भएको सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै