२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार बन्न लाइसेन्स लिनुपर्ने प्रावधान हट्यो

२०७६, २३ माघ बिहीबार ११:०१

माघ २३, काठमाडौँ | रास्ट्रिय सभाले पत्रकार बन्न परिक्षा दिनुपर्ने व्यवस्था हटाएर मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ | राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकार बन्न परिक्षा दिनुपर्ने व्यवस्था गरेको थियो | तर सभाले उक्त व्यवस्था हटाएर विद्ययेक पास गरेको हो |

नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले राष्ट्रिय सभा बैठकमा उक्त व्यवस्थामाथि संसोधन दर्ता गराएका थिए | प्रश्तावमा मिडिया काउन्सिलको काम कर्तव्य र अधिकारमा रहेको परीक्षा लिने व्यवस्था र दफा १७ मा रहेको लाइसेन्ससम्बन्धी व्यवस्था हटाउन भनिएको थियो |

उनले नेपाल पत्रकार महासंघसंग भएको सहमति अनुसार लाइसेन्सको व्यवस्था हटाएको भट्टराईले जानकारी दिए | सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा दर्ता गराएदेखि नै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो | उक्त बिरोधपछि  पत्रकार महासंघ र राष्ट्रिय सभामा रहेका दलबीच संशोधन गरेर जाने सहमति भएपनि सहमति बिपरित समितिले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो | नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको अवस्थामा लाइसेन्स लिने प्रावधानले अवरोध गर्ने नेकपाकी संसद कोमल वलीले बताएकी थिइन |

 पत्रकारको परीक्षा दर्शक, स्रोता र पाठकले लिने नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले बताए | सरकारी निकायले पत्रकारको परिक्षा लिन नसक्ने र लाइसेन्सको व्यवस्थाले प्रेस स्वतन्त्रता खुम्चिएको बताए | त्यस्तै सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारको परिक्षा लिने प्रावधान उपयुक्त नभएको टिप्पणी गरे | मन्त्री बाँस्कोटाले सहमतिजनाए संगै उक्त प्रावधान ह्ताइएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन