१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

अनुशासित भई लकडाउन पालना गर्न मुख्यमन्त्री राईको अपील

२८ चैत्र २०७६, शुक्रबार १५:३६

चैत २८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना सङ्क्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दैनिक १२ र कोशी अस्पतालबाट ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा आएको जानकारी दिनु भयो । सो प्रयोगशालाको शुक्रबार निरिक्षणका क्रममा मुख्यमन्त्री राईले भन्नुभयो, “र्यापिड डाइग्नोष्टिक टेष्टको शुरुआत गरिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाको परीक्षण आजबाटै शुरु भएको छ ।”

केही दिनभित्रै झण्डै छ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ । शुक्रबारसम्म १८० को ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ भने १५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्री सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताउनुभएको छ । 

प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा ६०८ बसेका छन् भने होम क्वारेन्टाइनमा तीन हजार २९५ बसेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा रु १२ करोड ८७ लाख ६६ हजार जम्मा भएको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेको छ ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु ५० लाख प्रदान गर्ने निर्णय पनि भएको छ । 

प्रदेश नं १ मा सरकारले लकडाउनलाई कडाइसाथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । आज बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुरक्षा योजना र जिम्मेवारी तोकेको छ । 

साथै कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा शङ्कर अधिकारीको संयोजकत्वमा सात सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ । समितिको सदस्यमा पङ्कज खतिवडा, डा शैलेशमणि पोखरेल, डा सूर्य पराजुलीलगायत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण