साउन ७, काठमाडौं । बिनोद चौधरी नेतृत्वको व्यापारिक कम्पनी चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । बिनोद चौधरी नेतृत्वको व्यापारिक कम्पनी चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

चौधरी ग्रुपका पीडत मजदुर भन्छन्- ‘अधिकार खोसेर लिन नपरोस्’

७ श्रावण २०७३, शुक्रबार ०५:१०

साउन ७, काठमाडौं । बिनोद चौधरी नेतृत्वको व्यापारिक कम्पनी चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी कम्युनिकेसन कम्पनीका मजदुरहरुले आफूहरु अधिकार खोसेर लिन पनि तयार रहेको बताएका छन् । 

कम्पनीले पाँच महिनादेखि तलब रोकेर राखिएका करिब सय जना मजदुरहरु चार महिनादेखि आन्दोलित छन् । उनीहरु आज राजधानीको अनामनगरस्थि संवाद डबलीमा ‘मजदुरका १३ सूत्रीय माग विषयक’ अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यो कुरा बताएका हुन् । 

कार्यक्रम संचारकर्मी, सरोकारवाला तथा विभिन्न मजदुर संगठनका नेताहरुको उपस्थितिमा पीडितहरुको संगठन अखिल नेपाल क्रान्तिकारी संचार छापाखाना तथा प्रकाशन मजदुर संघ, सीजी कम्युनिकेसन ईकाई कमिटीले आयोजना गरेको हो ।

कार्यक्रममा मजदुर नेताहरुले मजदुरको श्रमको मूल्यमा चौधरी ग्रुपले खेलबाड गर्न नपाइने बताउँदै पीडितहरुले उठाएका मागहरु ऐक्यवद्धता जनाए । कम्युनिकेसनका व्यवस्थापन पक्षले ७३ जना स्थायी मजदुरलाई तलब रोक्ने र केहीलाई बर्खास्त गरेर अन्यायमा पारेको पीडितहरुले बताएका छन् ।

यसैबीच व्यवस्थापन पक्षबाट कम्पनी बिक्री लागेको नाटक गरेर सबै मजदुरलाई निष्कासन गर्ने तथा पीडितहरु एकजुट हुनबाट रोक्ने प्रयास गर्दै आइरहेको छ । संगठित हुन पाउने आफूहरुको अधिकारलाई कम्पनी व्यवस्थापनले कुण्ठित गर्न खोजेको भन्दै सरकारको ध्यानाकर्षण समेत पीडितहरुले गराएका छन् । 

२०६० सालदेखि पूर्वका १४ र पश्चिम दर्जनभन्दी जिल्लामा एसटीएम मोवाईल फोन सेवा संचालन गर्दै आइरहेको यस कम्पनीमा सरकारको अनुमतिमा विश्व बैंकबाट एक अर्ब रुपैयाँ लगानी छ । बाँकी २० प्रतिशत कम्पनीको रहेको छ । लामो समयदेखि व्यवस्थापन पक्षले कम्पनी घाटामा गएको देखाउँदै आइरहेका छन् । 

कार्यक्रममा बोल्दै नेकपा माओवादीका पीबीएम एवं केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले अर्बपतिको कम्पनीका मजदुरहरुले तलब नपाउनु बिडम्बना भएको बताए । मजदुरले श्रमको मूल्य पाउनु पहिलो अधिकार रहेको बताउँदै प्रमुख बुढाले भने दलालपुँजीपतिहरुको हातमा राज्यसत्ता रहेसम्म मजदुरले न्याय नपाउने बताए । ‘मजदुरले श्रम र पसिनाको मोल पाउने कुरा निसर्त विषय हो’ उनले भने ।

त्यस्तै माओवादी केन्द्रीय सदस्य एवं कोशी ब्यूरो इन्चार्ज पदम राईले सीजी ग्रुपले मजदुरमाथि गरेको अन्यायविरुद्ध सशक्त ढंगबाट आन्दोलन अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दलाल मालिकहरुले दिएका अन्यायको हिसाबकिताब गर्न मजदुर अघि सर्नुपर्छ, हामी साथ छौं’ राईले भने । ‘कहिलेकाही अधिकार खोसेर लिनुपर्ने हुन सक्छ’ राईको भनाई छ । 

पीडित मजदुर सबै प्राविधिकहरु हुन् । आफूहरुले वैधानिक र सरल तरिकाबाट मजदुरका अधिकार मागिरहेको बताउँदै व्यवस्थापन टिमले नसुनेझैं गरेमा कडा संर्घषका प्रस्तुत हुने चेतावनी पीडितहरुले दिए । 

अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघका महासचिव शंकर अधिकारीले मजदुरको समस्या व्यवस्थापनसँग मात्र नभई मालिक विनोद चौधरीसित जोडिएको बताउँदै समयमै मजदुरको माग पूरा गर्न चौधरीलाई आग्रह गरे । मागबारे सुनुवाई गर्न ढिला भए संघर्षले छिट्टै उचाई लिने बताए ।

त्यस्तै अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघ कोशी ब्यूरो इन्चार्ज बिजय प्यासीले राज्यकै दायित्वमा कूल पूँजीको ८० प्रतिशत रकम विश्व बैंकको लगानीमा संचालित एसटीएम फोन सेवाबारे सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । मजदुरहरुले आफ्नो उर्बर उमेर कम्पनीमै खर्चेको बताउँदै अहिले कम्पनीसँग शेयर वा हिस्सेदारी नभई श्रमको मूल्य मात्र मागिरहेको बताए ।

‘अहिले यहाँका हामी मजदुरहरुले आफ्नो श्रमको मूल्य मात्र मागिरहेका छौं । यसलाई बेवास्ता गरिन्छ भने सबै हिसाबकिताब खोज्न बाध्य हुन्छौं’ इन्चार्ज प्यासीले भने । उनले विदेशी दलालपुँजीपतिहरुको इसारामा कार्यरत मजदुरमाथि अपमान र अन्याय गरिरहेको बताउँदै पीडित मजदुरका माग तत्काल पूरा गर्न एसटीएम टेलिकम व्यवस्थापनसँग माग गरे । मजदुरहरु आफ्नो अधिकार नपाए खोसेर लिनसमेत तयार हुनुपर्ने प्यासीले बताए ।

ईकाई कमिटीका अध्यक्ष विरेन्द्रप्रसाद चौधरीले आफूहरुको जायज माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । सम्पूर्ण माग पूरा गर्न व्यवस्थापन पक्षले ढिला गरेमा अन्तिमसम्म अधिकारको लड्न तयार रहेको भन्दै यसअघि व्यवस्थापन पक्ष र मजदुर कर्मचारीबीच भएका सम्झौता पूर्ण रुपमा कार्यान्वयन माग गरे । व्यवस्थापन पक्षले वार्ताको वातावरण समेत बिगार्दै लगेको उनको आरोप छ ।

सल्लाहकार सदस्य जीवन दाहालले पीडित मजदुरहरु क्षेत्रीय कार्यालयबाट मुख्यालयसम्म आइपुग्दा समेत व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । श्रम र पसिनाकोा मूल्यमाथि देखिएको समस्या समाधानमा कम्पनी संचालकहरु गम्भीर नहुनु दुःखद भएको बताए ।

उनीहरुले कम्पनी संचालक समितिले एकपक्षीय कर्मचारी छनौट गर्ने निर्णय खारेज गर्नुपर्ने, ग्राहकको सेवा र सुविधा विस्तार गर्न दूरसंचार प्राधिकरणको नियमअनुसार पूर्वाधार निर्माण तत्काल थालिनुपर्ने माग आगाडि सारेका छन् । 

त्यस्तै कर्मचारी (मजदुर)ले खाईपाई आएको तबलमा मासिक दस हजार रुपैयाँ वृद्धि गरिनुपर्ने, टाढाका कर्मचारीलाई कम्पनीमै बस्ने व्यवस्था मिलाइनुपर्ने, दैनिक भत्ताको व्यवस्थान हुनुपर्ने, जीवन बीमा गर्नुका साथै बिरामी पर्दाको तलब पाउनुपर्ने, दुर्गम भत्ताको व्यवस्था हुनुपर्ने, कर्मचारीको स्वास्थ्य परीक्षण निशुल्क गरिनुपर्ने तथा समयको गरिनुपर्नेलगायत तेह्र सूत्रीय माग रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता