१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री अर्याल

५ मंसिर २०७७, शुक्रबार ११:४२

मङ्सिर ५, वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्र्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि सफलता प्राप्त हुँदै गएको र सो कुरा कार्यालयबाट हुने सेवाप्रवाहबाट पुष्टि हुँदै गएको जिकिर गर्नुभयो । 

“सुशासन कायम गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक छ”, मन्त्री अर्यालले भन्नुभयो, “नयाँनयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीमैत्री बनाउँदै लगिएकाले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीले सहजै सेवा लिन सक्नुहुनेछ ।” देशभर हाल १३१ मालपोत र नापी कार्यालय छन् ।  

ती कार्यालयलाई नमूनाका रुपमा अगाडि बढाउँदै लैजाने मन्त्री अर्यालले बताउनुभयो । “प्रविधिको प्रयोगका लागि दक्ष जनशक्तिको अभाव हाम्रा लागि चुनौतीका रुपमा रहेको छ”, मन्त्री अर्यालले भन्नुभयो, “जनशक्तिलाई आवश्यक तालीम तथा प्रशिक्षण प्रदान गरी अगाडि बढ्छौँ जसले गर्दा सेवा प्रवाह थप प्रभावकारी हुनेछ ।”

कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटिला रहेकाले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालको भनाइ थियो । 

सो अवसरमा गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले मालपोत र नापी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त र सेवाग्राहीमैत्री भएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जिल्ला समन्वय प्रमुख सीताकुमारी सुन्दास, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

विसं २०७५ असार ८ मा आशिष, सिद्धबाबा जेभीसँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएकामा कोभिड– १९ का कारण पाँच महीना थप गरिएको मालपोत कार्यालयका प्रमुख रवीन अधिकारीले बताउनुभयो । भवन कूल रु पाँच करोड छ लाख दुई हजार ३८४ को लागतमा निर्माण भएको हो । सो अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड