मंसिर १२, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् | पेटसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका हुन् |
बिहीबार काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए |
पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न पन्तलाई चिकित्सकले सुझाव दिएका छन् | उनी नेकपा स्थायी कमिटी सदस्य हुन् |