मंसिर १५,काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन् | उनले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका हुन् | उनको एकाउन्ट भेरिफाइड समेत भएको छ |
प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए | प्रम ओलीको टिकटक एकाउन्टमा केहि भिडियो हालिएको छ | ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ ।सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा उनले भनेका छन् |