२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना बिरुद्धको खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह

२०७७, २७ मंसिर शनिबार ०२:०४

मङ्सिर २७, काठमाडौँ |नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको छ ।

बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट कुटपिट गरी जघन्य हत्या गरिएको घट्नालाई गम्भीरतापूर्वक लिई हत्यामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको विभाग सचिव बिनकुमार विश्वकर्माले जानकारी दिनुभयो । विभाग प्रमुख गोपालमान श्रेष्ठको सभापतित्वमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिन अघि तनहुँमा प्रहरी प्रशासनबाट भएको दुव्र्यहारविरुद्ध यही मङ्सिर २९ गते पार्टीले देशभर आयोजना गर्ने विरोध कार्यक्रमलाई सशक्त तथा प्रभावकारी बनाउन सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको छ । 

यसैगरी भ्रष्टाचारका विरुद्ध नागरिकस्तरबाट उठाइएका राजनीतिक र सामाजिक मुद्दाप्रति  विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन