१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट सरकार आए रुन पनि पाइँदैन भनेको थिए : देउवा

२९ मंसिर २०७७, सोमबार ०९:१७

मंसिर २९, काठमाडौँ | नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आए रुन पनि नपाउने आफुले बताएको स्मरण गराएका छन् | सोमबार हेटौडामा काँग्रेसले गरेको सरकार बिरुद्ध प्रदर्शन सभामा देउवाले सरकार सर्वसत्तावादी भएका कारण आफू सडकमा आउनु परेको बताएका छन् |

देउवाले ओली सरकार सर्वसत्तावादी भएको बताउंदै ओलीको कारण बलात्कारका घटना बढेको बताएका छन् | "आज त्यस्तो व्यवस्था छ एकदलीय सर्वसत्तावादी शासन लागु भएको छ" देउवाले भने, "बलात्कार बढेका छन् भने ओली सरकारको कारण बढेका छन्, |" 

उनले जनतालाई बोल्ने लेख्ने अवस्था समेत नभएको बताएका छन् | सरकारका कारण जनता दिक्क भएपछि सडकमा आएको उनको भनाइ छ | उनले थपे त्यसैले सडकमा आएका हौँ,सरकारकै कारण राजवादी सडकमा आए | 

आज नेपाली कांग्रेसले देशव्यापीरुपमा सरकार बिरुद्ध प्रदर्शन गरिरहेको छ | देशमा भ्रष्टाचार,बलात्कार बढेको भन्दै सरकारको विरुद्धमा प्रदर्शन गर्न बाध्य भएको कांग्रेसले बताएको छ | प्रदर्शनका क्रममा सभापति देउवा हेटौडा पुगेका छन् भने, अन्य नेताहरु पनि विभिन् जिल्लाका प्रदर्शन कार्यक्रममा सहभागी भएका छन् |






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड