१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यादेशपछि नेकपाका शीर्ष नेता प्रचण्ड निवास खुमलटारमा

३० मंसिर २०७७, मंगलवार ११:४७

मंसिर ३०, काठमाडौँ । राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक परिषद सम्बन्धि संशोधन अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेकपाका शिर्ष नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा छलफलमा जुटेका छन ।

यसअघि नै प्रचण्ड लगायतका नेताहरुले अध्यादेश बारे आपत्ति जनाउंदै फिर्ता हुनुपर्ने माग राखेका छन् । खुमलटार भेलामा प्रचण्डसहित नेकपा वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जनाएको छ ।

मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । आज बिहान बसेको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि ओलीले उक्त कदम चालेका थिए ।

अध्यादेशपछि प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले समेत आपत्ति जनाएका छन् । संविधानको मर्म र भावना विपरित भएको भन्दै बेलुकि तय गरिएको संवैधानिक परिषद्को बैठकमा देउवाले समेत नजाने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड