पुस ५,काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् | आइतबार बिहान ओलीले बालुवाटारमा मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् |
ओलीले मन्त्रीलाई केहीबेर अघि मात्रै बैठक सम्बन्धि जानकारी गराएको बताइएको छ |
आइतबार बिहान १० बजे देखि बैठक सुरु भएको छ | यसअघि सरकारले मंगलबार मन्त्रीपरिषद्लाइ जानकारी नै नगराई संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको थियो | बुधबार बसेको नेकपा स्थायी कमिटि बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो |
संसद्को विशेष महाधिवेसन बोलाउन माग गर्दै शितल निवास पुगेका नेकपाका संसदहरु निवेदन दर्ता नगरी फर्किएका थिए | ओलीको कार्यशैली प्रति प्रचण्ड-नेपाल पक्षका नेताहरुले असन्तुष्टि जनाउंदै आएको छ |
उनीहरुले आफ्नो गुटका नेताहरुको भेला गर्न थालेपछि ओलीले शनिबार प्रचण्ड र बामदेव गौतसंग भेटवार्ता गरेका थिए |