पुस ५, काठमाडौं । सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ ।
संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० मा बसेको संवैधानिक परिषदको बैठकले नै राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । तर उक्त निर्णय गोप्य राखिए पनि आइतबार संसदीय सुनाइका लागि सिफारिस पत्र संसद सचिवालयमा पुगेको छ ।