पुस ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीको नामा सम्बोधन गर्ने छन् । संसद विघटनपछि उत्पन्न परिस्थितिबारे स्पष्ट पार्न उनले सम्बोधन गर्न लागेका हुन् ।
सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको पप्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । यसअघि ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।
ओलीले आइतबार संसद विघटन गरी आगामी बैशाख १७ र २७ मा आम निर्वाचनको घोषणा गरेका छन् ।