पुस ७, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्तामा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदिप ज्ञवालीलाई दिएको छ |
मंगलबार बसेको ओली पक्षीय नेकपा केन्द्रिय कमिटिको बैठकले नारायणकाजी श्रेष्ठलाई प्र्वक्ताबाट हटाउने निर्णय गरेको हो |
श्रेष्ठले पार्टी विरुद्ध गतिविधि गरेको भन्दै प्रवक्ताबाट हटाएर ज्ञवालीलाई उक्त जिम्मेवारी दिईएको हो |