१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-नेपाल पक्षको निर्णय :ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष

७ पुष २०७७, मंगलवार ०८:५७

पुस ७, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ | मंगलबार बबरमहल स्थित कार्की ब्यान्क्केटमा बसेको माधव-प्रचण्ड पक्षको स्थायी कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो |

प्रचण्ड-माधव पक्षको स्थायी कमिटीले ओलीलाई हटाएर अध्यक्ष माधव नेपाल बनाउने निर्णय गरेको छ | अहिले जारी केन्द्रिय कमिटि बैठकले उक्त निर्णय पास गर्ने छ | यसअघि नेकपाको विधान अनुसार दुई अध्यक्ष हुने व्यवस्था थियो | 

यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू निकट नेताहरुलाई राखेर ११ सय ९९ सदस्सीय केन्द्रिय कमिटीको बिस्तार गरेका छन् | ओलीले प्रचण्ड-माधव पक्ष कसैलाई कारबाही नगरेपनि नारायणकांजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिएका छन |

नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ  ओलीलेआजै ५ सय ५६ जना नयाँ सदस्य थप्ने र १ सय ९७ जना पछि थप्ने गरी केन्द्रिय कमिटि बनाएका हुन् | यस्तै मंगलबार बसेको ओली समूहको केन्द्रिय कमिटि बैठकले महाधिवेशनको मिति समेत घोषणा गरेको छ |

बैठकले २०७८ मंसिर २ मा महाधिवेशन गर्ने  निर्णय गरेको हो | पछिल्लो समय नेकपा दुई टुक्रामा विभाजन भएको छ | आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेपछि औपचारिक रुपमै दुई पक्षमा विभाजन भएको हो |

प्रचण्ड-नेपाल समूहले असंवैधानिक र अलोकतान्त्रिक संसद विघटन भन्दै बिरोध गर्दै गरिरहेका छन् | ओली समूह भने मध्यावधिक निर्वाचनमा जुटेको छ | ओलीले यसअघि नै संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचनको घोषणा समेत गरिसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड