२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-नेपाल पक्षको निर्णय :ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष

२०७७, ७ पुष मंगलवार ०८:५७

पुस ७, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ | मंगलबार बबरमहल स्थित कार्की ब्यान्क्केटमा बसेको माधव-प्रचण्ड पक्षको स्थायी कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो |

प्रचण्ड-माधव पक्षको स्थायी कमिटीले ओलीलाई हटाएर अध्यक्ष माधव नेपाल बनाउने निर्णय गरेको छ | अहिले जारी केन्द्रिय कमिटि बैठकले उक्त निर्णय पास गर्ने छ | यसअघि नेकपाको विधान अनुसार दुई अध्यक्ष हुने व्यवस्था थियो | 

यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू निकट नेताहरुलाई राखेर ११ सय ९९ सदस्सीय केन्द्रिय कमिटीको बिस्तार गरेका छन् | ओलीले प्रचण्ड-माधव पक्ष कसैलाई कारबाही नगरेपनि नारायणकांजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिएका छन |

नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ  ओलीलेआजै ५ सय ५६ जना नयाँ सदस्य थप्ने र १ सय ९७ जना पछि थप्ने गरी केन्द्रिय कमिटि बनाएका हुन् | यस्तै मंगलबार बसेको ओली समूहको केन्द्रिय कमिटि बैठकले महाधिवेशनको मिति समेत घोषणा गरेको छ |

बैठकले २०७८ मंसिर २ मा महाधिवेशन गर्ने  निर्णय गरेको हो | पछिल्लो समय नेकपा दुई टुक्रामा विभाजन भएको छ | आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरेपछि औपचारिक रुपमै दुई पक्षमा विभाजन भएको हो |

प्रचण्ड-नेपाल समूहले असंवैधानिक र अलोकतान्त्रिक संसद विघटन भन्दै बिरोध गर्दै गरिरहेका छन् | ओली समूह भने मध्यावधिक निर्वाचनमा जुटेको छ | ओलीले यसअघि नै संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते निर्वाचनको घोषणा समेत गरिसकेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन