२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा विभाजन: सूर्य चिन्ह कसलाई ?

२०७७, ८ पुष बुधबार ०१:५५

अनिल अधिकारी | पुस ८, काठमाडौँ | तात्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा दुई कित्तामा बाडीएपछि पार्टीको मतचिन्ह 'सूर्य' कसले पाउला भन्ने प्रश्न खडा भएको छ । नेकपाका दुई पक्ष मध्ये एकले मात्र सूर्य चिन्ह पाउनेछ । 

टुक्रिएको नेकपाका दुवै पक्षले आफू नेकपाको आधिकारिक पार्टी भनि दावी गर्दै गर्दा जसको हातमा सूर्य चिन्ह रहन्छ, त्योनै माउ पार्टी मानिने तर्क गर्ने ठाउँ रहेको छ । सूर्य चिन्हप्रति पुर्व एमालेहरुको बिशेष मोह रहेको बुझ्न सकिन्छ । त्यसो त माओवादी खेमाले पनि सूर्य चिन्हलाई मानेरै एकतामा आएका हुन् । एमालेलाई मतदान गर्दै आएकाहरुले सूर्य चिन्हलाई मस्तिष्कबाट हटाउन गाह्रो हुने नेताहरुको तर्क छ । त्यसो त सूर्य चिन्हले २०४३ देखिनै चमत्कारिक काम गर्दै आएको र जनता माझ प्रिय चिन्ह भनिन्छ । त्यसो त निरक्षर तथा बृद्ध/बृद्धा जनता माझ समेत सूर्य चिन्ह ठम्याउन सजिलो मानेको विश्लेषण गरिन्छ । एमाले ३० बर्षसम्मको इतिहाससम्म पनि यो चिन्हलाई परिवर्तन नगर्नुले पनि यसको मोहलाई स्पष्ट पार्छ । 

नेता सिपि मैनाली २०५४ फागुन २१ गते एमाले टुक्र्याए र माले पार्टी बनाए । उनको पार्टीको चुनाव चिह्न तारा भयो । नेता मैनालीले त्यतिबेला सूर्य चिह्न नपाउनुको पछाडीको कारण अल्पमत थियो । उनले बनाएको नयाँ पार्टीले चाहेर पनि सूर्य चिन्ह पाउन सकेन । बहुमतले सूर्य चिन्ह राख्दा एमालेको सूर्य रह्यो भने मालेको तारा रह्यो ।

त्यसो त नजिकको इतिहाँसलाई नै हेर्ने हो भने पनि २०७४ सालको चुनावमा एमाले/माओवादीको तालमेल हुँदा पनि माओवादी उम्मेदवारले समेत सूर्य चिन्हमै चुनाव लडेका थिए । त्यसपछि २०७५ मा एकता हुँदा नेकपाले सूर्यलाई चुनाव चिह्नका रूपमा निर्वाचन आयोगमा दर्ता गरेको अवस्था छ । 

यसरी सूर्य चिन्हको ३० बर्ष बढीको इतिहासले 'जसको वर्चस्व उसकै सूर्य चिन्ह' भन्ने कुरालाई स्पष्ट देखाएको छ । पार्टीको नाम, झन्डा र चुनाव चिह्न बहुमत सदस्यले पाउने कानुन छ । दुवै पक्षले आफू नेकपाको बैधानिक मान्दै गर्दा पार्टीको नाम, झन्डा र चुनाव चिह्न कसको हातमा जाला हेर्न बाँकी छ । यस विषयको छिनोफानो निर्वाचन आयोगले गर्नेछ । त्यस अघि आफ्नो पक्षमा चुनाव चिन्ह पार्न जुनसुकै कसरत दुवै पक्षबाट हुने निश्चित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन