१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा विभाजन: सूर्य चिन्ह कसलाई ?

८ पुष २०७७, बुधबार ०१:५५

अनिल अधिकारी | पुस ८, काठमाडौँ | तात्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा दुई कित्तामा बाडीएपछि पार्टीको मतचिन्ह 'सूर्य' कसले पाउला भन्ने प्रश्न खडा भएको छ । नेकपाका दुई पक्ष मध्ये एकले मात्र सूर्य चिन्ह पाउनेछ । 

टुक्रिएको नेकपाका दुवै पक्षले आफू नेकपाको आधिकारिक पार्टी भनि दावी गर्दै गर्दा जसको हातमा सूर्य चिन्ह रहन्छ, त्योनै माउ पार्टी मानिने तर्क गर्ने ठाउँ रहेको छ । सूर्य चिन्हप्रति पुर्व एमालेहरुको बिशेष मोह रहेको बुझ्न सकिन्छ । त्यसो त माओवादी खेमाले पनि सूर्य चिन्हलाई मानेरै एकतामा आएका हुन् । एमालेलाई मतदान गर्दै आएकाहरुले सूर्य चिन्हलाई मस्तिष्कबाट हटाउन गाह्रो हुने नेताहरुको तर्क छ । त्यसो त सूर्य चिन्हले २०४३ देखिनै चमत्कारिक काम गर्दै आएको र जनता माझ प्रिय चिन्ह भनिन्छ । त्यसो त निरक्षर तथा बृद्ध/बृद्धा जनता माझ समेत सूर्य चिन्ह ठम्याउन सजिलो मानेको विश्लेषण गरिन्छ । एमाले ३० बर्षसम्मको इतिहाससम्म पनि यो चिन्हलाई परिवर्तन नगर्नुले पनि यसको मोहलाई स्पष्ट पार्छ । 

नेता सिपि मैनाली २०५४ फागुन २१ गते एमाले टुक्र्याए र माले पार्टी बनाए । उनको पार्टीको चुनाव चिह्न तारा भयो । नेता मैनालीले त्यतिबेला सूर्य चिह्न नपाउनुको पछाडीको कारण अल्पमत थियो । उनले बनाएको नयाँ पार्टीले चाहेर पनि सूर्य चिन्ह पाउन सकेन । बहुमतले सूर्य चिन्ह राख्दा एमालेको सूर्य रह्यो भने मालेको तारा रह्यो ।

त्यसो त नजिकको इतिहाँसलाई नै हेर्ने हो भने पनि २०७४ सालको चुनावमा एमाले/माओवादीको तालमेल हुँदा पनि माओवादी उम्मेदवारले समेत सूर्य चिन्हमै चुनाव लडेका थिए । त्यसपछि २०७५ मा एकता हुँदा नेकपाले सूर्यलाई चुनाव चिह्नका रूपमा निर्वाचन आयोगमा दर्ता गरेको अवस्था छ । 

यसरी सूर्य चिन्हको ३० बर्ष बढीको इतिहासले 'जसको वर्चस्व उसकै सूर्य चिन्ह' भन्ने कुरालाई स्पष्ट देखाएको छ । पार्टीको नाम, झन्डा र चुनाव चिह्न बहुमत सदस्यले पाउने कानुन छ । दुवै पक्षले आफू नेकपाको बैधानिक मान्दै गर्दा पार्टीको नाम, झन्डा र चुनाव चिह्न कसको हातमा जाला हेर्न बाँकी छ । यस विषयको छिनोफानो निर्वाचन आयोगले गर्नेछ । त्यस अघि आफ्नो पक्षमा चुनाव चिन्ह पार्न जुनसुकै कसरत दुवै पक्षबाट हुने निश्चित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ