माघ २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार अध्यक्षत्रयको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले मायोजन बाँकी रहेका जिल्लाहरूमा १ हप्ताभित्र समायोजन टुङ्गाउने निर्णय गरेको छ ।
फाल्गुन १ र २ गते जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्ने र फाल्गुन ७ गते सम्पूर्ण जिल्लाहरूमा सभा गरेर पार्टीको झन्डा र चुनाव चिन्ह अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए ।