२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली–नेपाल टाढिने दिशामा

२०७८, ३ श्रावण आईतवार ०४:१५

साउन ३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे ।

कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे ।

पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५/५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए ।

पार्टी जीवन संकटमा परेका बेला दोस्रो तहका नेताहरुको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे पनि अध्यक्ष ओली र नेता नेपालबीचको बढ्दो द्धन्द्धले स्थिति संलिसकेको छैन ।

एमाले र माओवादी केन्द्र अलग्याउने सर्वोच्चको फैसलापछि एमालेभित्रको द्धन्द्ध समाधन गर्न अनेकन प्रयत्न भए । तर एमाले न फुट्न सकेको छ, न जुट्न नै सकेको छ ।

दोस्रो तहका नेता पार्टी मिलाउन जोडतोडले लागेका छन् तर शीर्ष नेता अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिल्नेभन्दा टाढिने दिशामा अग्रसर छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो