३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्याक’भन्ने गलत हो ! मैले सभापतिमा दाबी छाडेको छैन : कोइराला

२३ मंसिर २०७८, बिहीबार ०६:५१

मंसिर २३, काठमाडौं | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् । कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा साथ दिने भन्ने समाचारहरू आएको बेला कोइरालाको सचिवालयले उम्मेदवारी कायमै रहेको जनाएको हो।

केही मिडियामा कोइराला सभापतिको उम्मेदवारीबाट ‘ब्याक’भएको समाचारहरू आएका थिए। सचिवालयले भनेको छ, ‘वरिष्ठ नेता पौडेलसँग भेटघाट भएको कुरा सत्य हो, तर कोइरालाले सभापतिमा पौडेललाई सघाउने भन्ने सत्य होइन।’

अहिले पनि देशभरका नेता कार्यकर्ताले सभापतिमा साझा उम्मेदवारको रूपमा आउन शेखरलाई आग्रह गरिरहेको सचिवालयले जनाएको छ। कांग्रेसको संस्थापन इतरमा सभापतिको साझा उम्मेदवार बनाउन पछिल्लो तीन दिनयता निकै रस्साकस्सी चलिरहेको छ। तर, नेताहरू सहमतिमा पुग्न सकेका छैनन्।

यही विषयमा कोइराला पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गर्न उनको निवास बोहराटार पुगेको बताइएको छ। कोइरालाले आफूलाई ‘आशीर्वाद दिन’ पौडेलसँग आग्रह गरेको पनि बुझिएको छ। त्यसक्रममा शेखरले आफू साझा उम्मेदवार बनाउन सकिन्छ भने सहमतिका लागि अझै पनि तयार रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’