२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले न्यायालयबाट पीडित पार्टी हो : प्रदीप ज्ञवाली

२०७८, २३ मंसिर बिहीबार ०९:०८

मंसिर २३, काठमाडौं | नेकपा एमालेले प्रभावशाली कानुन व्यवसायीले सर्वोच्च अदालतको हुर्मत लिइरहेको आरोप लगाएको छ। काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अदालतमा न्यायाधीशहरुले मुद्दा नहेरेर अनौठो व्यवहार देखाएको बताए।

‘प्रभावशाली मानिने कानून व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन्,’ उनले भने। ज्ञवालीले सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिए। ‘अहिलेको हडताल न्यायाधीशभित्रको गुटको झगडा हो। कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला,’ उनले भने, ‘कतिपय वरिष्ठ कानून व्यवसायीलाई लागेको होला। अहिले तर्साउन सके गरुडको छायाजस्तो बनाउन सकिएला।’

अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरूले छद्मयुद्ध लडेको पनि ज्ञवालीले बताए। अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने पनि उनले बताए। अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको उनको टिप्पणी छ। उपमहासचिव ज्ञवालीले एमाले न्यायालयबाट पीडित पार्टी भएको समेत बताए। ‘हाम्रो पार्टी न्यायालयबाट पीडित पार्टी हो,’ ज्ञवालीको भनाइ छ ।

एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको उल्लेख गर्दै उनले न्यायालयले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दाबी समेत गरे। उनले न्यायालयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तर्निहित नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने