३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले न्यायालयबाट पीडित पार्टी हो : प्रदीप ज्ञवाली

२३ मंसिर २०७८, बिहीबार ०९:०८

मंसिर २३, काठमाडौं | नेकपा एमालेले प्रभावशाली कानुन व्यवसायीले सर्वोच्च अदालतको हुर्मत लिइरहेको आरोप लगाएको छ। काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अदालतमा न्यायाधीशहरुले मुद्दा नहेरेर अनौठो व्यवहार देखाएको बताए।

‘प्रभावशाली मानिने कानून व्यवसायीले अदालतको हुर्मत लिइरहेका छन्,’ उनले भने। ज्ञवालीले सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिए। ‘अहिलेको हडताल न्यायाधीशभित्रको गुटको झगडा हो। कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला,’ उनले भने, ‘कतिपय वरिष्ठ कानून व्यवसायीलाई लागेको होला। अहिले तर्साउन सके गरुडको छायाजस्तो बनाउन सकिएला।’

अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरूले छद्मयुद्ध लडेको पनि ज्ञवालीले बताए। अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने पनि उनले बताए। अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको उनको टिप्पणी छ। उपमहासचिव ज्ञवालीले एमाले न्यायालयबाट पीडित पार्टी भएको समेत बताए। ‘हाम्रो पार्टी न्यायालयबाट पीडित पार्टी हो,’ ज्ञवालीको भनाइ छ ।

एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको उल्लेख गर्दै उनले न्यायालयले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दाबी समेत गरे। उनले न्यायालयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तर्निहित नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’