३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेखरलाई नेताहरुको चोटिलो प्रश्न ! तपाईंले मात्रै जित्न सक्नुहुन्छ ?

२३ मंसिर २०७८, बिहीबार ०९:५९

मंसिर २३, काठमाडौं | कांग्रेसको संस्थापनइत्तर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि नेताहरूबीच रस्साकस्सी चलिरहेको छ । आकांक्षी नेताहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन् । केही दिन यता नेताहरू रातदिन छलफलमा छन् । तर, सहमति जुट्न सकेको छैन ।

सभापतिका लागि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच रस्साकस्सी चलेको छ । महामन्त्री शशांक कोइरालाले भने आफू नै सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने दाबी नरहेको भनिसकेका छन् ।

सभापतिका आकांक्षी नेता शेखर कोइरालाले बिहीबार विहान जिल्ला र प्रदेशका नेताहरूसँग अलग्गै छलफल गरेका छन् । उनले जिल्लाका नेताहरूको सुझाव र सल्लाह लिएका थिए । ‘धेरै साथीहरूले साझा उम्मेदवार बनाऔँ, त्यो साझा उम्मेदवार तपाईं बन्नुभयो भने जित्न सकिन्छ भन्ने धारणा राख्नुभयो, कतिपयले मध्यमार्गी बाटोबाट एकताकै बाटो रोज्नुपर्ने भन्नुभयो,’ एक जिल्लाका सभापतिले भने, ‘समग्रमा सहमति र एकताको विकल्प छैन, हामीले त्यही सुझाव दिएका छौँ ।’

छलफलमा नेता कोइरालाले भने देशभरका साथीहरूको सुझावले झन् उत्साह मिलेको भन्दै सभापतिमा दाबी नछाड्ने बताएका थिए । बिहान मात्रै वरिष्ठ नेता पौडेलको निवासमा पुगेर ‘सिंहले माने आफूले छोड्ने, नभए आफूलाई सघाउन’ भनेका थिए ।

ती जिल्ला सभापतिका अनुसार शेखरले प्रकाशमानले मान्दै नमानेको अवस्थामा पनि आफू उम्मेदवारीबाट पछि नहट्ने बताएका थिए । ‘मैले सभापतिको दाबी छाडेको छैन, छाड्दिनँ,’ शेखरको भनाइ उदृत गर्दै ती सभापतिले भने, ‘हामीले पनि उहाँलाई सकेसम्म आफ्नो नाममा सहमति जुटाउने प्रयास गर्न आग्रह गर्‍यौँ ।

नेता सिंहले आफूबाहेक अरू कसैका लागि पनि नछोड्ने बताएपछि संस्थापनइतर पक्षमा एकताको प्रयासमा लागेका नेताहरू नै एकताको सम्भावना कमजोर बनेको भन्न थालेका छन् । ‘हाम्रो प्रयास एकता मात्रै होइन, जित निकाल्ने गरीको एकताको प्रयास हो, तर मिलाउन कहाँ सजिलो छ र ?,’ बिहीबार बिहान बत्तीसपुतलीमा छलफलपछि एक केन्द्रीय सदस्यले भने, ‘हाम्रो प्रयास जारी छ, तर सम्भावना भने कमजोर बन्दैछ ।’

ती नेताले आकांक्षी नेताहरूको हठका कारण समस्या उत्पन्न भएको बताए । ‘सबैलाई चाहिएको छ, सबैलाई सभापति नै हुनुपर्नेछ, कोही सामुहिक एकतामा विश्वास गर्न सक्ने अवस्थामा छैनन्,’ ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’