३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप पौडेल बने सिटौलाका विश्वासपात्र, युवाहरुको प्रतिनिधित्व गर्ने

२३ मंसिर २०७८, बिहीबार ११:४०

मंसिर २३, काठमाडौं | काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले युवा नेता प्रदीप पौडेललाई आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सिटौलाले आजकै दिनदेखि पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् ।

यसअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले केही अघिमात्रै सिटौलाको साथ छाडेका थिए । गगनले साथ छाडेसँगै सिटौलाले प्रदीपलाई आफ्नो समूहबाट पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् । उनले भने, ‘अभाव र संकटमा जो मेरो साथमा छ, अहिलेसम्म र भोलिसम्म रहन्छ भन्ने मेरो विश्वास हो उहाँहरुलाई स्थापित गर्ने मेरो लक्ष्य हो। आजको दिनमा मैले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु ।’

उनले आफूले युवाहरुलाई पार्टीमा स्थापित गर्न चाहेको बताए । सिटौलाले आफ्नो समूहबाट पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् । उनले उमेरले आफू पाको भइसकेको भन्दै अब छोराछोरी पुस्तालाई अघि बढाउने बेला आएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’