३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ दल घोषणा गर्दै त्रिपाठी

२४ मंसिर २०७८, शुक्रबार ०५:३७

मंसिर २४, काठमाडौं | पूर्व मन्त्री तथा सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी आउँदो साता आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने तयारीमा जुटेका छन्।

उनले मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्ने तयारी रहेको बताए। नयाँ पार्टीको नाम चाहिँ ‘जनता प्रगतिशील पार्टी-नेपाल’ हुने जानकारी त्रिपाठीले दिए। ‘पार्टीको राजनीतिक दस्ताबेज तयार गरिँदैछ,’ त्रिपाठीले भने, ‘आउँदो मङ्सिर २८ का दिन पार्टीको नाम र राजनीतिक दस्ताबेज सार्वजनिक गर्दैछौं।’

अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन्। नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले बताए। आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने उनले जानकारी दिए। तर, उनको पार्टीमा सामेल हुने नेताहरूका नाम चाहिँ खुलाएका छैनन्।

बहुदल पुन:स्‍थापना यता मधेसवादी पार्टी राजनीतिमा संलग्न त्रिपाठीले २०७४ को चुनावमा भने एमाले चिन्ह प्रयोग गर्दै चुनावी मैदानमा होमिएका थिए। त्रिपाठी बहुदलपछि निरन्तर सांसद हुँदै आएका छन्। गएको संसदीय निर्वाचनमा एमालेको सूर्य चिन्हबाट सांसद बने पनि उनी आफूलाई ‘स्वतन्त्र सांसद’ भन्न रुचाउँथे। पूर्ववर्ती एमाले सरकारका बेला पनि मन्त्री थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’