३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौडेललाई निधिको फोन : के भयो कुराकानी ?

२४ मंसिर २०७८, शुक्रबार ०६:३६

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन्। आज शुक्रबार दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा वरिष्ठ नेता पौडेल नआउने हल्ला सुनेपछि नेता निधिले फोन गरेर नै आउन आग्रह गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए। निधिले फोनमा उद्घाटनमा आउनुहोस् भनेर फोन गरेको प्रेस सल्लाहकार दाहालले बताए। उहाँले म आउँछु भन्नु भएको छ, प्रेस सल्लाहकार दाहालले भने।

त्यस्तै पौडेले पक्षका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पौडेल निवास बोहोराटार पुगेका छन्। केही घण्टामा नै कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन कार्यक्रम सुरु हुँदै छ।

तर सभापति पदमा सभापतिका आकाङ्क्षी रहेका वरिष्ठ नेता पौडेल के गर्ने भन्ने विषयमा अझै अन्योल नै छन्। नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आफूलाई सभापतिको उम्मेदवार दाबी गरेपछि पौडेल अन्योलमा परेका हुन्। त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा लड्ने घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’