मंसिर २४, काठमाडौं | नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज साँझ आधिकारिक उमेदवार घोषणा गर्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतको बैठक बसेर उमेदवार तय गर्ने निर्णयमा नेताहरु सहमत भएका हुन् ।
कांग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन सहमत गराएका छन् । साँझसम्म साझा उमेदवार तय गर्ने नेताहरुले प्रतिबद्धता जनाएपछि पौडेल उद्घाटनसत्रमा सहभागी हुन तयार भएका हुन् ।
महेश आचार्य, बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महत पौडेले निवास पुगेका थिए। पौडेलले वक्तव्य जारी गरेर महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि संस्थापनइतरका नेताहरु पौडेल निवास बोहोराटार पुगेका थिए ।