३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाकाे दायाँ प्रचण्ड-माधव, ओली परे बायाँ !

२४ मंसिर २०७८, शुक्रबार १०:२७

मंसिर २४, काठमाडौं | पछिल्लाे समय एकअर्काबीच तिक्तताकाे सम्बन्ध भएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एउटै मञ्चमा देखिएका छन्। काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका हुन्।

मञ्चमा ओली काँग्रेस सभापति शेरबहादुर देउवाको बायाँतिर रहेका छन् भने नेपाल र प्रचण्ड देउवाको दायाँतिर रहेका छन् । ओलीले माधव नेपालको पार्टीलाई राजनीतिक पार्टीको हैसियत नै स्वीकारेका छैनन् भने प्रचण्डसँग पनि उनको सम्बन्ध राम्रो छैन । ओलीले एमालेकाे महाधिवेशनमा नेपाललाई बोलाएका थिएनन् भने बोलाएका प्रचण्ड पनि सहभागी भएका थिएनन् ।

राजनीतिक तिक्तताका बीच तीन नेता आज कांग्रेस महाधिवेशनकाे उद्घाटन सत्रमा एकै मञ्चमा देखिएसँगै उनीहरुले सम्बोधनका क्रममा के भन्लान् भन्ने चासो पनि जनमानसमा बढ्दै गएकाे छ। ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेकाे बताइएकाे छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे यता उनीसँग प्रचण्ड र माधव नेपाल दुवैको राम्रो सम्बन्ध रहेको छैन । माधव नेपालले त एमाले नै विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’