२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापतिको रेसबाट किन पछि हटे पौडेल ?

२०७८, २५ मंसिर शनिबार ०६:५५

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। शनिवार बिहान काँग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इतरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्। पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरू गएका थिए।

सभापतिका लागि आफू पक्षीय नेताहरूबीच साझा उम्मेदवार बनाउन नसकेपछि आफू नै पछि हटेको उनले दोस्रो पुस्ताका नेताहरूलाई जानकारी गराएका हुन्। ‘चार जनामध्ये एक जना सभापतिको उम्मेदवार बनाउने मेरो प्रयास थियो। तर सफल भइएन। अब यो होडबाट म बाहिरिएँ। म चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छु,’ आफ्नो निवास पुगेका नेताहरूसँगको छलफलका क्रममा पौडेलले भने।

महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट अलग्गिए पनि राजनीतिमा सक्रिय रहने बताउँदै उनले नेताहरूलाई आफ्नो सुरक्षा आफैँ गर्न सुझाव दिए। ‘एक जना भइदिनुस् म सहयोग गर्छु भनेँ। शेखर र प्रकाशमान आफू नै बन्ने हो भनेर हिँडेको पाएँ। मैले कि मलाई सहयोग गर्नुस् हैन भने एक भएर आउनुस् भने। सम्भव भएन। म प्रतिस्पर्धाबाट अलग भएँ,’ पौडेलले भने।

सर्वसम्मत रूपमा आफूलाई उम्मेदवारी बनाउन पौडेलले आग्रह गर्दै आएका थिए। महाधिवेशनको उद्घाटन सत्र सकिएर बन्द सत्र सुरु हुँदा समेत काँग्रेसका दुवै पक्षले ‘प्यानल’बनाउन सकेका छैनन्। सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन)ले उपसभापति, महामन्त्री र सह महामन्त्रीको टुंगो लगाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन