३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापतिको रेसबाट किन पछि हटे पौडेल ?

२५ मंसिर २०७८, शनिबार ०६:५५

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। शनिवार बिहान काँग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इतरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्। पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरू गएका थिए।

सभापतिका लागि आफू पक्षीय नेताहरूबीच साझा उम्मेदवार बनाउन नसकेपछि आफू नै पछि हटेको उनले दोस्रो पुस्ताका नेताहरूलाई जानकारी गराएका हुन्। ‘चार जनामध्ये एक जना सभापतिको उम्मेदवार बनाउने मेरो प्रयास थियो। तर सफल भइएन। अब यो होडबाट म बाहिरिएँ। म चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छु,’ आफ्नो निवास पुगेका नेताहरूसँगको छलफलका क्रममा पौडेलले भने।

महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट अलग्गिए पनि राजनीतिमा सक्रिय रहने बताउँदै उनले नेताहरूलाई आफ्नो सुरक्षा आफैँ गर्न सुझाव दिए। ‘एक जना भइदिनुस् म सहयोग गर्छु भनेँ। शेखर र प्रकाशमान आफू नै बन्ने हो भनेर हिँडेको पाएँ। मैले कि मलाई सहयोग गर्नुस् हैन भने एक भएर आउनुस् भने। सम्भव भएन। म प्रतिस्पर्धाबाट अलग भएँ,’ पौडेलले भने।

सर्वसम्मत रूपमा आफूलाई उम्मेदवारी बनाउन पौडेलले आग्रह गर्दै आएका थिए। महाधिवेशनको उद्घाटन सत्र सकिएर बन्द सत्र सुरु हुँदा समेत काँग्रेसका दुवै पक्षले ‘प्यानल’बनाउन सकेका छैनन्। सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन)ले उपसभापति, महामन्त्री र सह महामन्त्रीको टुंगो लगाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’