३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्थापन पक्षमा असन्तुष्टि ! देउवाको साथ छोड्ने नेताहरूको संख्या बढ्यो !

२५ मंसिर २०७८, शनिबार ०८:२६

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेसको संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ। शुक्रवारबाट सुरु भएको काँग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट पदाधिकारी सहितका उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। काँग्रेस महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ। बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ।

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने तयारीमा छन्। तर, बाँकी पदाधिकारी टिम मिलाउन भने उनलाई सकस भएको छ। कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेपछि देउवालाई आफ्नै समूहमा नेताहरूको चित्त बुझाउन सकस भएको हो। देउवाले डा. प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ।

यता देउवा पक्षबाट बालकृष्ण खाँण र विश्वप्रकाश शर्मा पनि महामन्त्रीका आकांक्षी नेता हुन्। देउवाले उनीहरूलाई महामन्त्री पदमा साथ दिने सम्भावना भने कम छ। खाँणको संगठन मजबुत मानिन्छ। त्यस्तै, शर्माको लोकप्रियता पनि धेरै छ। दुवैले संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवारी बन्नबाट वञ्चित हुने भएपछि देउवाको समूहमा असन्तुष्टि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’