२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा आकांक्षी कोको छन् ?

२०७८, २५ मंसिर शनिबार ०८:३१

मंसिर २५, काठमाडौं | नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु हुँदैछ। सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौँ जना पदाधिकारीसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।

सुदूरपश्चिममा हाल माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन्। १७५ जनाको प्रदेश आयोजक समिति छ भने हाल १ हजार १४७ जना प्रतिनिधिहरू पालिका अधिवेशनबाट छनोट भई आएका छन्। माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताए।

अछामका शरदसिंह भण्डारी, बैतडीका नरेन्द्र कुँवर, प्रदेशसभा सदस्य समेत रहेका कैलालीका वीरमान चौधरी, प्रदेश समिति सचिव रहेका नेपबहादुर चौधरी, हालका प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली) र हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली) अध्यक्षको दौडमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन