मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत चुनावका लागि प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्। शनिबार दिउँसो उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
नेता सिंहले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।
सभापति पदका लागि यसअघि नै कल्याण गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।