मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दर्ता गराउन नेता प्रकाशमान सिंह राष्ट्रिय सभागृह पुगेका छन्। यलम्बर पार्टी प्यालेसबाट मनोनयनका लागि दलबलसहित नेता सिंह भृकुटीमण्डपमा पुगेका हुन्।
उनको साथमा उपसभापतिमा उम्मेदवारी दिन सुजाता कोइराला पनि त्यहाँ पुगेकी छन्। उनीहरु सँगै सभागृह पुगेका थिए। यससँगै संस्थापन इतर समूह पनि छिन्न भिन्न भएको छ।
उता शेखर कोइरालाको प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी उपसभापतिमा लड्ने भएका छन्।