मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्।
महिनौं अघि नै सभापति पदमा नै उम्मेद्वारी दिने घोषणा गरेका निधि शनिबार दिँउसो सभागृह पुगेका हुन्। सभापतिका लागि प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङले मनोनयन दर्ता गराइसकेका छन्।
सभापति पदमा नै उम्मेद्वारी दिन नेता प्रकासमान सिंह र शेखर कोइराला समेत सभागृह पुगेका छन्। शेखर कोइराला प्यानल सहित दर्ता गर्न सभागृह पुगेका हुन्।