मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसको महामन्त्रीमा दाबी गरेका गृहमन्त्री बालकृष्ण खाँण शेरबहादुर देउवाको सभापतिको प्रस्ताव बनेका छन्। उनले पदाधिकारीको दाबी छाडेका छन्।
खाँणले राष्ट्रिय सभागृहमा पत्रकारहरूसँग भने,‘म उम्मेदवार भन्दा पनि शेरबहादुर देउवालाई सभापतिमा विजय सुनिश्चित गराउन आएको छु।’
मुलुकको राजनीतिक कोर्षलाई अगाडि बढाउन देउवा विजयी हुनुपर्ने बताए। देउवा प्यालनबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उपसभापति र महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका छन्।