३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस सभापतिमा प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता !

२५ मंसिर २०७८, शनिबार ११:०८

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भइराखेको छ। पार्टी सभापतिसमेत रहनुभएका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रधानमन्त्री देउवाभन्दा अगाडि काँग्रेस सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसकेका छन्। शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो। निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ।

देउवा समूहले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको नाम फाइनल भएको नेता गोपालमान श्रेष्ठले जानकारी दिए। देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनेछन्।

त्यस्तै सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी र मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने टुँगो लागेको छ। सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति