७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रलाई फेरि क्रान्तिकारी पार्टी बनाइछाड्छौं ! प्रचण्ड !

२५ मंसिर २०७८, शनिबार १२:१६

मंसिर २५,काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन्। शनिवार प्रदेश सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने बताए। पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्न आफैलाई रूपान्तरण जरुरी रहेको उनको भनाई छ।

‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडलको खोजी गर्नुछ’, प्रचण्डको भनाइ छ। उनले त्यस्तो नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको दाबी गरे। उनले आफूहरू मिसन भड्किएका यात्री जस्ता भएको टिप्पणी पनि गरे।

‘हामी कहीँ न कहीँ उद्देश्यबाट विचलित हुन थालेका हौं कि ? जनयुद्धका बेला जनताका माझमा गरेको प्रतिवद्धता गरेका थियौं। हामीले जे भनेका थियौं, त्यही बाटो हिँडिरहेका छौं त? या हामीले जनतालाई विस्तारै विस्तारै उनीहरूका सपना शहीदहरूका सपना वेपत्ताका त्याग तपस्या पूरा गर्ने तर्फ हामी अगाडि बढेका छौं त?,’ उनले भने, ‘या हामी पनि विस्तारै विस्तारै बुर्जुवा पार्टीको जस्तै भित्र भित्रै गुट बनाउँदै जान थालेका छौं त। हामी कहीँ न कहीँ समस्या देखिएको छ। कहीँ न कहीँ हामी बाटो बिराए जस्तो भएका छौं। हामी कहीँ न कहीँ हाम्रो मिसनमा भड्किएका यात्री जस्ता भएका छौं।’

उनले संसदीय राजनीतिमा जाँदा कहीँ न कहीँ धुलो मैलो लागेको स्वीकार गरे। ‘हामी केही न केही विचारमा अस्पष्ट त भएका छौं। हामीभित्र अराजकता बढ्दै गएको छ,’ उनले भने, ‘तर आजको राष्ट्रिय सन्दर्भ हेर्दा हाम्रो पार्टी नै त्यस्तो पार्टी हो जसले फेरि राष्ट्रिय एकतालाई अगाडि बढाउन सक्छ। यो महान आन्दोलनको नेतृत्व गर्ने पार्टी नै हाम्रो हो। हामीले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीको रूपमा समाजवादी आन्दोलनलाई विकास गरेर विश्वलाई समाजवादी अभियान दिनुपर्छ। अरू कुनै पनि पार्टीले गर्न सक्दैन।’

उनले एमालेलाई पञ्चर्यालीको संज्ञा दिँदै भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजाको कुरा गरिएको बताए। ‘केही समयअघि तपाईंले देख्नुभयो नि! एमालेको महाधिवेशनलाई म पञ्च र्‍याली भन्दा केही देख्दिन। तपाईंले देख्नुभयो त्यहाँ न विचारको बहस भयो। न त देश बनाउने बहस भयो। खाली त्यहाँ व्यक्ति पूजा गरियो। सिद्धान्त हीनताको प्रदर्शन गरियो। मार्क्सवादको म पनि उच्चारण भएन। समाजवादको स पनि उच्चारण भएन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति