मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।
प्रदेश २ को खुला तर्फ २ जना केन्द्रीय सदस्यको लागि ढुंगाना, रिजाल र जंगीलाल रायले उम्मेदवारी दिएका थिए। यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएका हुन्। ढुंगाना र रिजाल दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन्।
जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। ढुंगाना र रिजाल दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन्।