३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलाे चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित्छु : काेईराला

२६ मंसिर २०७८, आईतवार ०९:४३

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन ।

महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन्।

उनले बीपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाले सपना देखेअनुसारको पार्टी बनाउन आफ्नो टिम सक्षम रहेको दाबी गरे । कांग्रेसमा आवश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताएका हुन् ।

उनले ऊर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ