मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटीकाे बैठकले साे कमिटीकाे गठन गरेकाे हाे।
स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेलदेखि हिक्मत कार्कीसम्मकाे नाम समेटिएकाे छ। तर महाधिवेशनमा अध्यक्ष पदमा उठेर केपी शर्मा ओलीसँग पराजित भएका तत्कालीन उपाध्यक्ष भीम रावल भने स्थायी कमिटीमा परेका छैनन्। यद्यपि, स्थायी कमिटी सदस्यमा उनकाे नाम पनि चर्चामा थियाे। बैठकमा नेकपा एमालेका सचिव याेगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्यमा समेटेर अगाडि कढ्न आग्रह गरेका थिए। तर ४५ सदस्यकाे नामावली सूचीमा रावलकाे नाम अटाइएकाे छैन।
स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी रहेका छन्।
त्यस्तै नेताहरु पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा राजन भट्टराई, सीता पौडेल रहेका छन्।
त्यस्तै विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्वाहाम्फे, हिक्मत कार्की स्थायी कमिटीमा परेका छन्।