मंसिर २८, काठमाडौँ | कांग्रेस सभापति चयनका लागि हुन गइरहेको दोस्रो चरणको निर्वाचनको निर्णायक रहेका कांग्रेस नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच टेलिफोन संवाद भएको छ। मंगलबार बिहान कुराकानी भएको हो। दुबै नेता सभापति चयनको दोस्रो चरणको प्रक्रियामा निर्णयक रहेका छन्।
नेताद्वयको टेलिफोनमा कसरी अघि बढ्ने भन्नेमा छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए। ‘कसरी अघि बढ्ने भन्नेमा छलफल भएको हो। दाहालले भने, निर्णय भइसकेको छैन।’
विशेषगरि वर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई दुईमध्ये कुनै एक समूहको समर्थन आवश्यक छ। अर्का प्रतिस्पर्धी शेखर कोइरालालाई भने जितका लागि दुबै नेताको सहयोग अनिवार्य रहेको छ।